२०८३ साउन २१ गते बिहीबार

आगोले खरानी भएको कान्तिपुरको न्यूजरूम (तस्बिरहरू)

आगोले खरानी भएको कान्तिपुरको न्यूजरूम (तस्बिरहरू)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २५ गते बुधबार ०४:३३

काठमाडाैं । साेमबारदेखि शुरू जेनजीकोको प्रदर्शन र आन्दोलन मंगलबार उग्र, अराजक र हिंसात्मक बन्दा देशका प्रमुख राजनीतिक संस्थाहरूदेखि सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिहरू निशाना बन्याे। त्यही क्रममा कान्तिपुर मिडिया ग्रुप...

काठमाडाैं ।

साेमबारदेखि शुरू जेनजीकोको प्रदर्शन र आन्दोलन मंगलबार उग्र, अराजक र हिंसात्मक बन्दा देशका प्रमुख राजनीतिक संस्थाहरूदेखि सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिहरू निशाना बन्याे।

त्यही क्रममा कान्तिपुर मिडिया ग्रुप पनि प्रदर्शनकारीहरूको निशाना पर्‍यो।

प्रदर्शनकारीहरूले थापाथलीस्थित कान्तिपुर मिडियाको कार्यालयमा पसेर आगो लगाइदिएका थिए। आगोले कान्तिपुर मिडियाको न्यूजरूम कक्ष नै जलेर ध्वस्त भएको छ। कम्प्युटरहरू खरानी भएका छन्।

आगलागीमा परेर अनलाइन संस्करण ‘इकान्तिपुर’ को सर्भरमा प्राविधिक समस्या देखिएकाले प्रसारण बन्द गरिएको कान्तिपुरले जनाएको छ।

आगोले क्षति पुर्‍याएको ठाउँमा सिसा खसेर बुधबार दिउँसो नै एक जना घाइते भएका छन्।

 

प्रकाशित मिति २०८२ भदौ २५ गते बुधबार ०४:३३
हजुरको प्रतिक्रिया