२०८३ साउन २१ गते बिहीबार

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १२ गते आइतबार ०८:४६

गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जानसमेत रोक लगाएको छ ।

काठमाडौं ।

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ ।

जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो । गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जानसमेत रोक लगाएको छ ।

पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा पूर्वप्रधानमन्त्री ओली, पूव गृहमन्त्री रमेश लेखक, पूवगृहसचिव गोकर्णमणि दुवाडी, पूवराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् । गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो ।
प्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दाबी गरेका थिए ।

तर गृह मन्त्रालयले त्यतिबेला ‘जसरी पनि भीडलाई संघीय संसद भवनतिर जान रोक्नु’ भन्ने निर्देशन दिएको थियो । त्यसपछि काठमाडौका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली चलाउन आदेश दिएका थिए ।

प्रकाशित मिति २०८२ असोज १२ गते आइतबार ०८:४६

हजुरको प्रतिक्रिया