२०८३ साउन २१ गते बिहीबार

दुई दिन पछि स¥यो काँग्रेस केन्द्रिय समितिको बैठक, बैठक अब २८ गतेबाट बस्ने

दुई दिन पछि स¥यो काँग्रेस केन्द्रिय समितिको बैठक, बैठक अब २८ गतेबाट बस्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २६ गते आइतबार ०९:०४

कार्य सम्पादन समितिको बैठक आईतबार पनि बस्ने र केन्द्रिय समितिको एजेण्डाबारे छलफल गर्ने उनले जानकारी दिए । संसद विघटन असंवैधानिक भएको उनले जिकिर गरे ।

काठमाडौं ।

नेपाली काँग्रेसले केन्द्रिय समितिको पूर्ण बैठकको मिति सारेर २८ गतेबाट बस्ने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

केन्द्रिय समितिको बैठक यसअघि असोज २६ गतेबाट बोलाइएको थियो ।

त्यस्तै बैठकमा अधिवेशन, विधि, प्रक्रियासम्मत गर्नेबारे पनि छलफल भएको छ ।

साथै प्रतिनिधि सभाको निर्वाचन र संसद पुनःस्थापनाको विषयमा छलफल भएको प्रवक्ता महतले बताए ।

उनले केन्द्रिय समितिमा छलफल गरेर निष्कर्ष निकाल्ने जानकारी दिए । राजनीतिक मुद्दाहरुमा पनि काँग्रेसले स्पष्ट धारणा राख्ने उनको भनाइ छ ।

प्रवक्ता महतले निर्वाचनमा जाने कुरा पनि राजनीतिक दृष्टिकोणबाट जायज रहेको बताउँदै सरकारले गम्भीरतापूर्वक काम नगरेको आरोप लगाए ।

उनले गत भदौ २३ र २४ गतेको घटनालाई गहिराईमा गएर छलफल गरेको उल्लेख गरे ।

सुशासन र सामाजिक सञ्जाल खोल्ने कुरामा केन्द्रित आन्दोलन भएपनि दोस्रो दिनको आन्दोलनले जटिलता उत्पन्न गरेको उनको भनाइ छ ।

प्रवक्ता महतल यसले राष्ट्रिय र राजनीतिक दलहरुको जीवनमा पनि ठूलो असर पारेको बताएका छन् ।

 

प्रकाशित मिति २०८२ असोज २६ गते आइतबार ०९:०४
हजुरको प्रतिक्रिया