२०८३ साउन २१ गते बिहीबार

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ राजदुतलाई फिर्ता बोलाउने सरकारको निर्णय

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ राजदुतलाई फिर्ता बोलाउने सरकारको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ३० गते बिहीबार ०७:४०

सरकारले भारतका लागि नेपाली आवासीय राजदुतलाई भने फिर्ता बोलाएको छैन ।

काठमाडौं ।

सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाएको छ ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनकाअनुसार सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाएको हो ।

उनले फिर्ता बोलाइएको आवासीय राजदुतहरुले अगामी २० कात्तिकसम्म नेपाल फर्किसक्नुपर्ने उल्लेख गरे । सरकारले भारतका लागि नेपाली आवासीय राजदुतलाई भने फिर्ता बोलाएको छैन । प्रवक्ता खरेलले सार्वजनिक वित्त व्यवस्थापनलाई मजबुत बनाउन विश्व बैंकबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलरको अनुदान स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

उनले नेपाल–भारतबीच विद्युत् व्यापारलाई बढावा दिनका लागि दुई वटा प्रमुख ४ सय केभी अन्तरदेशीय प्रशारण लाइनहरू निर्माण गर्न भारतीय कम्पनीहरूसँग संयुक्त लगानी स्थापना निर्णय गरेको पनि जिकिर गरे ।

प्रवक्ता खरेलले पूर्वी नेपालको इनरुवा–पुर्णिया ४ सय केभी प्रसारण लाइन र सुदूरपश्चिमको दोधारा–बरेली ४०० केभी अन्तरदेशीय लाइन निर्माणको जिम्मेवारी गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको बताएका छन् ।

प्रकाशित मिति २०८२ असोज ३० गते बिहीबार ०७:४०
हजुरको प्रतिक्रिया