२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन् मुख्यमन्त्री बैठक

प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन् मुख्यमन्त्री बैठक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १७ गते आइतबार ०८:४६

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान गरेकी छन्। बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा हुने उनको निजी सचिवालयले जानकारी दिएको छ। जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका प्रदेश...

बैठक आज दिउँसो ४ बजे बालुवाटारमा हुने

काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान गरेकी छन्। बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा हुने उनको निजी सचिवालयले जानकारी दिएको छ।

जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका प्रदेश संरचना मर्मतसुधार देखि संसद अधिवेशन समेत चल्न सकेका छैनन् । भदौ २७ गते सरकार गठन भएदेखि नै मुख्यमन्त्रीहरुसँग स‌वादहीनता थियो ।

बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति २०८२ कात्तिक १७ गते आइतबार ०८:४६
हजुरको प्रतिक्रिया