२०८३ साउन २१ गते बिहीबार

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वाेच्चकाे आदेश

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वाेच्चकाे आदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ५ गते बिहीबार ०६:५३

आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले सोमवार मध्यराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको थियो ।

काठमाण्डौ

भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुका कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन भनेको हो ।

आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले सोमवार मध्यराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति २०८२ मंसिर ५ गते बिहीबार ०६:५३
हजुरको प्रतिक्रिया