पोखरा ।
जीवन वीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखराको विरौटामा उपशाखा संचालनमा ल्याएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल वीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले उशाखाको बिहीबार एक कार्यक्रमकाबीच उद्याटन गरे । यस्तै कम्पनीलेले बिहीबार नै तनहुँको दुलेगौडामा पनि उपशाखा संचालनमा ल्याएको छ । उक्त उपशाखाको पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले उद्याटन गरेका हुन् ।कम्पनीको पोखराको न्युरोडमा सुविधा सम्पन्न प्रादेशिक भवन रहेको छ । कम्पनीको सेवा विस्तार गर्ने उदेश्यसहित उपशाखा विस्तार गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली बताए । ग्रासरुटमा कम्पनीलाई विस्तार गर्ने नीति अन्तर्गत उपशाखा विस्तार गरिएको पराजुलीले स्पष्ट पारे । सो अवसरमा उनले गण्डकी प्रदेशमा कम्पनीको उपस्थिति के छ र अहिले भइरहेको बजारभन्दा पनि नयाँ बजारको खोजी गर्न पनि मातहतका कर्मचारी, प्रतिनिधिलाई निर्देशन दिए ।
कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका गण्डकी प्रमुख शम्भुप्रसाद मिश्रले बीमितलाई सेवा सुविधा दिन आग्रह गरे । प्राधिकरणमा अभिकर्ताको विषयमा प्रश्न उठेकाले मिश्रले बिमा अभिकर्ता छनोट गर्दा ध्यादिन कम्पनीलाई सुझाव दिए ।
त्यस्तै नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) गण्डकी च्याप्टरका अध्यक्ष बद्री पौडेलले विक्री पछिको सेवालाई ध्यान दिन सक्नुपर्नेमा जोड दिए । नेपाल लाईफ इन्स्योरेन्सले नेपालमा वीमाको क्षेत्रमा पारेको छाप आगामी दिनमा अझ सफल हुनेमा पौडेलले विश्वास व्यक्त गरे ।
नेपाल लाइफ इन्स्योरेन्स प्रदेश कार्यालय गण्डकीका प्रमुख शहदेव अधिकारीले बीमा बजारको सम्भावनालाई अध्यन गरेर विरौटामा उपशाखा संचालनमा ल्याइएको बताए । उनले उपशाखा विस्तारसंगै कम्पनीको बजार क्षेत्र पनि विस्तार हुने र अझ धेरै नागरिकलाई वीमामा जोड्न सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कम्पनीका आर्थिक विभाग प्रमुख प्रेमप्रसाद रेग्मीले सफलताको शुभकामना व्यक्त गरे । नेपाल लाइफ इन्स्योरेन्स अभिकर्तासंघका केन्द्रीय सदस्य दामोदर सापकोटाले कास्कीमा शाखा स्थापना हुनु सकारात्मक भएको बताए ।
प्रकाशित मिति २०८२ मंसिर ५ गते बिहीबार ०८:०९




