२०८३ साउन २१ गते बिहीबार

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ८ गते आइतबार ०७:२१

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

काठमाडौं ।

सामुदायिक विद्यालयको भवन कानुन विपरीत निजी विद्यालयलाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको राष्ट्रिय माध्यमिक विद्यालयका तत्कालीन ६ जना पदाधिकारीसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले कास्कीको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा–१, पुरानो टुँडिखेलको करिब ४ रोपनी जग्गामा निर्मित भवनसहितका सार्वजनिक सम्पत्ति निजी प्रयोगमा लगाई दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, पोखरा महानगरपालिका– १ का वडा अध्यक्ष शाहारा प्रधान लगायत सदस्यहरु, साथै निजी बोर्डिङ स्कूल सञ्चालक राजु केसी र प्राचार्य सुनिता कुँवर केसीले मिलेमतोमा गरी विद्यालयको नाममा रहेको जग्गा १२ वर्षसम्म निजी बोर्डिङ स्कुललाई भाडामा दिएको पाइएको अख्तियारको दाबी छ ।

पोखरा महानगरपालिकाको चेतावनी र करार रद्द गराउन भएको निवेदन पश्चात पनि अटेर गरी १५ लाख २९ हजार ४०८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति दुरुपयोग गरेको अख्तियारको ठहर छ ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

प्रकाशित मिति २०८२ मंसिर ८ गते आइतबार ०७:२१
हजुरको प्रतिक्रिया