२०८३ साउन २१ गते बिहीबार

घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २२ गते आइतबार ०६:३१

पूर्वराष्ट्रपति भण्डारीले आईतवार जेन–जी आन्दोलनको क्रममा आगजनीमा परी खण्डहर भएका सिंहदरबारभित्रका संरचनाको अवलोकन गरेकी हुन् ।

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। भेटमा पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन् ।

आईतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले यस्तो आग्रह गरेको भण्डारीको भनाइ उद्धृत गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

खरेलका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराए । प्रधानमन्त्री कार्कीले समयमै निर्वाचन सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले आईतवार जेन–जी आन्दोलनको क्रममा आगजनीमा परी खण्डहर भएका सिंहदरबारभित्रका संरचनाको अवलोकन गरेकी हुन् ।

सोही क्रममा प्रधानमन्त्री कार्की र भण्डारीबीच भेटघाट भएको हो ।

प्रकाशित मिति २०८२ मंसिर २२ गते आइतबार ०६:३१
हजुरको प्रतिक्रिया