२०८३ साउन २१ गते बिहीबार

नेतृत्व परिवर्तन वर्तमानको आवश्यकता रहेको ऊर्जामन्त्री कुलमान घिसिङको भनाइ

नेतृत्व परिवर्तन वर्तमानको आवश्यकता रहेको ऊर्जामन्त्री कुलमान घिसिङको भनाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २८ गते शनिबार ०७:५१

मुलुकलाई द्रुतगतिमा विकास गर्न युवा नेतृत्व आवश्यक रहेको उल्लेख

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले नेतृत्व परिवर्तन वर्तमानको आवश्यकता रहेको बताएका छन् ।

शनिवार पोखरामा आयोजित उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेश स्तरिय भेलालाई सम्बोधान गदैँ घिसिङले मुलुकलाइ द्रुतगतिमा विकास गर्न युवा नेतृत्व आवश्यक रहेको बताए ।

उज्यालो नेपाल पार्टीका परिकल्पनाकार समेत रहेका घिसिङले गलत राजनीतिका कारण उत्पन्न निराशा र आक्रो जेनजी विद्रोहमा विष्फोट भएको घिसिङले उल्लेख गरे ।

उनले लामो समयदेखि सही व्यक्तिले काम गर्न नपाउदा र राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिँदा राम्रा मान्छेले काम गर्न नपाएको जिकिर गरे । घिसिङले हात, खुट्टा राम्रो संग नचल्लने ८० वर्ष पुगेको व्यक्तीले देश चलाउछु भन्नु सम्भव नहुने उल्लेख गरे ।

उनले देशको परिवर्तनका लागि भएका आन्दोलनहरुमा नेताको खोजी भए पनि कहिल्यै नपाएको जिकिर गरे ।

देशमा रोजगारी सिर्जना, आर्थिक रुपान्तरण, सुशासन र सामाजिक न्याय हुन नसकेकाले राजनीतिक अस्थिरता भएको उनको भनाइ छ । मन्त्री घिसिङले नेतृत्वले जनताको चाहना भन्दा डाँडाँमा टावर बनाएको भन्दै विकासको मोडेल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति २०८२ मंसिर २८ गते शनिबार ०७:५१
हजुरको प्रतिक्रिया