२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २ गते बुधबार ०४:१६

राजदुत चेन सोङले नेपालको विकास र समृद्धिमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने बताए ।

काठमाडौं ।

नेपालका लागि चीनका राजदुत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेट भएको हो ।

भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् ।

राजदुत चेन सोङले नेपालको विकास र समृद्धिमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने बताए ।

यो भेटले दुई छिमेकी राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०८२ पुस २ गते बुधबार ०४:१६
हजुरको प्रतिक्रिया