२०८३ साउन २१ गते बिहीबार

अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने जेन–जी आन्दोलन जाँझबुझ आयोगको तयारी

अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने जेन–जी आन्दोलन जाँझबुझ आयोगको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २ गते बुधबार ०८:०८

आयोगको म्याद एक महिना थप गर्ने प्रधानमन्त्री कार्कीको निर्णय

काठमाडौं ।

जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरुसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो ।

प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकि रहेका सबैलाई बयानमा बोलाउने तयारीगरेको जानकारी दिए ।

यस्तै सरकारले जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सो अध्यक्ष कार्कीसहितका आयोगका पदाधिकारीहरुसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएकी हुन् ।

आफूहरुको मागअनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने बताएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका थिए । आयोगको उक्त मागअनुसार आयोगको म्याद थप गर्न प्रधानमन्त्री कार्की सहमत भएको अध्यक्ष कार्कीले जिकिर गरे ।

आयोगको म्याद यही पुस ९ गते सकिँदैछ । कार्यादेशअनुसार बाँकि कामलाई पूरा गर्न थप एक महिनाको समय आवश्यक भएकाले प्रधानमन्त्री कार्कीसँग सो विषयमा छलफल गरिएको अध्यक्ष कार्कीले उल्लेख गरे ।

अन्तरिम सरकारले जेन–जी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको भन्दै अनुसन्धानगरी दोषी उपर कारबाही गर्ने कार्यादेशसहित कार्की नेतृत्वको सो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रकाशित मिति २०८२ पुस २ गते बुधबार ०८:०८
हजुरको प्रतिक्रिया