२०८३ साउन २१ गते बिहीबार

पोखरामा बन्चरो र चक्कु प्रहार गरी आफ्नै हजुरआमाको हत्या आरोपमा एक युवक पक्राउ

पोखरामा बन्चरो र चक्कु प्रहार गरी आफ्नै हजुरआमाको हत्या आरोपमा एक युवक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ४ गते शुक्रबार ०८:०७

अंश माग गर्दा नदिए पछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडानम्बर ३१ बाँसपानी बस्ने ७५ बर्षीया बृद्ध महिला दालकुमारी परियारको हत्या आरोपमा २२ वर्षीय आशिष परियारलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

आशिष दालकुमारीका नाती हुन् । पुस ३ गते दालकुमारीको हत्या भएको सूचना पछि प्रहरीले हत्यामा संलग्नको खोजी गरेकोमा पोखरा महानगर १० बुचोकबाट परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

दालकुमारीका छोरा रोजगारीको लागि विदेशमा रहेको अवस्थामा नाती आशिषले अंश माग गदै हजुरआमालाई थर्काउने गरेको र नदिए पछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

परियारले बन्चरो र चक्कु प्रहार गरी हजुरआमा दालकुमारीको हत्या गरेका थिए । भने कान समेत काटेर लगाएको गरगहना समेत लुटेर फरार भएका थिए । जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी प्रहरीले उनिमाथी अनुसन्धान थालेको छ ।

प्रकाशित मिति २०८२ पुस ४ गते शुक्रबार ०८:०७
हजुरको प्रतिक्रिया