२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीको प्रतिवद्धताः सरकारले निर्वाचनका लागि उचित वातावरण बनाउँछ

प्रधानमन्त्रीको प्रतिवद्धताः सरकारले निर्वाचनका लागि उचित वातावरण बनाउँछ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १२ गते शनिबार ०७:५२

सबै राजनीतिक दलसँग समझदारी भएको सञ्चारमन्त्री खरेलको दाबी

पोखरा ।

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।

प्रमुख तीन दलका शिर्ष नेताहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँगको सामुहिक छलफलमा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बैठकमा एमाले अध्यक्ष ओलीले निर्वाचनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएपछि प्रधानमन्त्री कार्कीले त्यसका लागि उचित वातावरण बनाउने प्रतिवद्धता जनाएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

सञ्चारमन्त्री खरेलकाअनुसार काँग्रेस सभापति देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले पनि एमाले अध्यक्ष ओलीलाई निर्वाचनमा लागि तयार हुन आग्रह गरेका थिए ।

प्रधानमन्त्री कार्की र प्रमुख दलका शिर्ष नेताहरुबीच निर्वाचनमा जाने समझदारी भएको पनि सञ्चारमन्त्री खरेलको दाबी थियो ।

प्रकाशित मिति २०८२ पुस १२ गते शनिबार ०७:५२
हजुरको प्रतिक्रिया