२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाको उम्मेदवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २३ गते बुधबार ०८:००

प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ पुगेको छ ।

पोखरा ।

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाको उमेद्वारी परेको छ ।

काँग्रेस र एमाले गठबन्धनबाट दुई जना, नेपाली कम्युनिस्ट पाटी दुई जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाको उमेद्वारी परेको छ ।

पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरुले उम्मेद्वारी दर्ता गराएका हुन् । काँग्रेसका तनहुँका प्राडा जगत तिमिल्सिना, एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ ।

तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । देवकोटा भने यसअघिका पटक पटक निर्वाचनमा पराजित नेतृ हुन् । २०८० को निर्वाचनमा पनि उनी राष्ट्रिय सभा सदस्य उम्मेद्वार थिइन् ।

काँग्रेस र माओवादी गठबन्धनका कारण उनी पराजित भइन् । त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीले मनाङका कपिल लामा र महिलामा कास्कीकी गोमा घिमिरेले उमेद्वारी दर्ता गरेका छन् ।

राष्ट्रिय जनमोचाबाट कास्कीका शंकर बराल र महिलामा बागलुङकी लक्ष्मी बास्कोटाले उम्मेद्वारी दिएका हुन् । फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रियसभामा दुई पद रिक्त हुँदैछन् । खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुँदैछन् ।

अब हुने निर्वाचनमा पनि सोही क्लस्टरबाट सांसद निर्वाचित हुनेछन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । गण्डकीमा यो गठबन्धनले दुवै सिट जित्ने देखिएको छ । गण्डकीमा ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तहका प्रमुख र उपप्रमुखहरु मतदाता छन् ।

प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ पुगेको छ ।

प्रकाशित मिति २०८२ पुस २३ गते बुधबार ०८:००
हजुरको प्रतिक्रिया