२०८३ साउन २१ गते बिहीबार

१४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा

१४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २७ गते आइतबार ०८:०६

यो संगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरता समेत दिइने भएको छ ।

पोखरा ।

१४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । आगामी पुसको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक युनाईटेड क्लबले जनाएको छ ।

१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टल रहेका छन् ।भने महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ ।

महोत्सवमा हास्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता, छेलो÷ठेलो प्रतियोगिता, झाँकी प्रदर्शनी रहनेछन् ।

त्यसैगरी थप आकर्षणमा टिकटक प्रतियोगिता, विद्यार्थीले निर्माण गरेका शैक्षिक प्रदर्शनी र विभिन्न मनोरञ्जनका कार्यक्रमहरु हुनेछन् । स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

क्लवको आफ्नै जग्गा रहेको अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशिय छात्रावास निर्माणको लक्ष्य राखी उक्त योजनाको डिपिआर अनुरुप निर्माण कार्य अगाडी बढेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

उनका अनुसार उक्त जग्गामा २० कोठाको भवन निर्माण सम्पन्न गर्नुपर्नेमा यस वर्ष ३ कोठाको भवन निर्माण भई सकेको र १४औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइने छ ।

यो संगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरता समेत दिइने भएको छ ।

प्रकाशित मिति २०८२ पुस २७ गते आइतबार ०८:०६
हजुरको प्रतिक्रिया