२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रतिनिधि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २१ गते बिहीबार ०६:५०

पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगकाअनुसार बिहीवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको...

पोखरा ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगकाअनुसार बिहीवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

उनले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणअनुसार छिटफुट अवरोधका घटनाबाहेक देशभरको निर्वाचन शान्तिपूर्ण रहेको बताए ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि ‘निर्वाचन निर्देशिका २०८२’ अनुसार तत्काल मतगणना शुरु गरिने जानकारी दिए ।

आयोगकाअनुसार भौगोलिक रूपमा विकट १५ वटा दुर्गम जिल्लाहरूमा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भइरहेको छ ।

जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पुयाइने लक्ष्य राखिएको छ ।

त्यसैगरी, संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लामा भने शुक्रवार बिहान मात्र मतपेटिका मतगणना स्थलमा पु¥याइने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।

प्रकाशित मिति २०८२ फागुन २१ गते बिहीबार ०६:५०
हजुरको प्रतिक्रिया