रुकुम पश्चिम ।
नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमको नवौं साधारणसभा सम्पन्न भएको छ ।
अधिवेशनको १८ महिना पछि आयोजित साधारणसभामा महासङ्घ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मी र महासङ्गका कोषाध्यक्ष सन्देश जैसिले वार्षिक, आर्थिक प्रतिबेदन तथा शाखाको गतिविधिको विवरण प्रस्तुत गरे ।
साधारणसभाका प्रमुख अतिथी जिल्ला समन्वय उपप्रमुख देब बहादुर बिकले जिल्लामा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने, प्रेस स्वतन्त्रता र सूचनाको हकको रक्षा गर्ने, पत्रकारमाथि हुने आक्रमण, धम्की विरुद्ध आवाज उठाउने जस्ता विषयमा आफुहरुले सधै सहकार्य गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी निशराज गौतमले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न जिल्ला प्रशासन कार्र्यालय र पत्रकार बिच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताए ।
साधारणसभामा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका उपाध्यक्ष लक्ष्मण केसी लगायत पत्रकारहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रमको सञ्चालन शाखाका सहसचिव प्रचण्ड खत्रीले गरेका थिए ।
प्रकाशित मिति २०८३ जेठ ८ गते शुक्रबार ०३:३०