२०८३ साउन २१ गते बिहीबार

पोखरा १७ मा खेल सप्ताह सुरुः मेयर धनराज आचार्यले गरे उद्घाटन

पोखरा १७ मा खेल सप्ताह सुरुः मेयर धनराज आचार्यले गरे उद्घाटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ १२ गते मंगलबार ०४:१३

कास्की । पोखरा महानगरपालिका वडा नं. १७ कार्यालयको आयोजनामा आजदेखि ‘खेल सप्ताह–२०८३’ सुरु भएको छ । ‘सत्र नम्बर वडाको अभियानः खेलकुदमार्फत प्रतिभा पहिचान’ भन्ने मूल नाराका साथ विभिन्न प्रतियोगितासहितको खेला सप्ताह सुरु भएको...

कास्की ।

पोखरा महानगरपालिका वडा नं. १७ कार्यालयको आयोजनामा आजदेखि ‘खेल सप्ताह–२०८३’ सुरु भएको छ । ‘सत्र नम्बर वडाको अभियानः खेलकुदमार्फत प्रतिभा पहिचान’ भन्ने मूल नाराका साथ विभिन्न प्रतियोगितासहितको खेला सप्ताह सुरु भएको हो ।

सो सप्ताहको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै उनले खेलकुदले सबैलाई एउटै सुत्रमा बाँध्ने धारणा राखे ।

आजबाट सुरु भएको खेलकुद महोत्सव आगामी जेठ १७ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय स्तरमा स्वास्थ्य, सामाजिक एकता र लुकेर रहेका प्रतिभा पहिचान गर्न वडा कार्यालयले विगतमा पनि खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको थियो । यद्यपी यसवर्षदेखि खेल सप्ताहकै रुपमा प्रतियोगिता सुरु गरिएको वडा सदस्य तथा खेलकुद संयोजक विक्रम गुरुङले बताए ।

उनका अनुसार खेल सप्ताहमा वडाध्यक्ष कप फुटबल प्रतियोगिता, खुला पुरुष, महिला तथा विद्यालय छात्रछात्रा सडक दौड प्रतियोगिता समावेश गरिएको छ । यस्तै वडाध्यक्ष कप मिलिजुली ब्याड्मिन्टन प्रतियोगितामा खुला पुरुष डबल तथा विद्यालयस्तरीय छात्र छात्रा गरी ३ विधामा प्रतिस्पर्धा हुनेछ ।

यस्तै विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता र विद्यालयस्तरीय छात्र तथा छात्राका लागि वडाध्यक्ष कप चेस प्रतियोगिता समावेश गरिएको संयोजक गुरुङले बताए ।

फुटबलतर्फको विजेता टोलीले नगद रु ३० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता तथा सान्त्वना स्थान हाँसिल गर्ने समूहले क्रमशः नगद रु २० हजार र १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

यस्तै अन्य प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई पनि आकर्षक नगद पुरस्कारसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

खेल सप्ताहले युवाहरूलाई लागुऔषध दुव्र्यसनी जस्ता गलत संगतबाट टाढा राखी स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने र भविष्यका लागि राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सघाउ पुग्ने आयोजकको विश्वास छ ।

सो सप्ताह सम्पन्न गर्नका लागि कुल १० लाख बजेट विनियोजन गरिएको वडा नं. १७ को कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति २०८३ जेठ १२ गते मंगलबार ०४:१३
हजुरको प्रतिक्रिया