२०८३ साउन २१ गते बिहीबार

हङकङलाई हराउँदै नेपालले जित्यो एसियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ २५ गते सोमबार ०४:४०

हङकङले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको थियो ।
त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस पार स्कोर ९५ रहेको थियो । नेपाल १९ रनले अघि रह्यो ।

पोखरा ।

हङकङलाई हराउँदै नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधि जितेको छ ।

सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हराएको हो ।

हङकङले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको थियो ।

त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस पार स्कोर ९५ रहेको थियो । नेपाल १९ रनले अघि रह्यो ।

नेपालका कुशल भुर्तेलले ६५, रोहित पौडेलले नटआउट ३५ रन बनाए । हङकङका आयुष शुक्ला र एहसान खानले १÷१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो । हङकङका अंशुमन रथले ८०, शाहिद वासिफले ५५ रन बनाए । नेपालका शेर मल्लले ४ विकेट लिए ।

यस्तै ओमानलाई हराउँदै मलेशिया एशियाली खेलकुद छनोटमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा मलेशियाले ओमानलाई ८ विकेटले हरायो ।

यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेशिया र ओमान एशियाली खेलकुदमा छनोट भएका छन् ।

प्रकाशित मिति २०८३ जेठ २५ गते सोमबार ०४:४०
हजुरको प्रतिक्रिया