देशभर ११ सय ७२ मा कोरोना संक्रमण पुष्टि
काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लाे २४ घण्टामा देशभर ७ जनाकाे ज्यान गएकाे छ ।
ज्यान गुमाउनेहरूमा ६ जना पुरुष र १ महिला रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ सय ३६ पुगेको छ ।
यस्तै, पछिल्लाे २४ घण्टामा नेपालमा थप १ हजार १ सय ७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधीमा देशभर ७ जनाकाे ज्यान गएकाे तथा थप १ हजार १ सय ७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६७ हजार ९ सय ४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८ सय ९३ जना कोरोनामुक्त भएको छन् । यससंगै नेपालमा कोरोना भाइरसमुक्त हुनेको कुल संख्या ४९ हजार ९ सय ५४ पुगेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
प्रकाशित मिति २०७७ असोज ७ गते बुधबार ०६:२०



