२०८३ साउन २१ गते बिहीबार

पछिल्लाे २४ घण्टामा देशभर थप ७ जनाको ज्यान गयाे

पछिल्लाे २४ घण्टामा देशभर थप ७ जनाको ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ७ गते बुधबार ०६:२०

काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लाे २४ घण्टामा देशभर ७ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेहरूमा ६ जना पुरुष  र १ महिला रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ सय ३६ पुगेको छ । यस्तै,...

देशभर ११ सय ७२ मा कोरोना संक्रमण पुष्टि

काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लाे २४ घण्टामा देशभर ७ जनाकाे ज्यान गएकाे छ ।

ज्यान गुमाउनेहरूमा ६ जना पुरुष  र १ महिला रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ सय ३६ पुगेको छ ।

यस्तै, पछिल्लाे २४ घण्टामा नेपालमा थप १ हजार १ सय ७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधीमा देशभर ७ जनाकाे ज्यान गएकाे तथा थप १ हजार १ सय ७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हुन् ।  यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६७ हजार ९ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८ सय ९३ जना कोरोनामुक्त भएको छन् । यससंगै नेपालमा कोरोना भाइरसमुक्त हुनेको कुल संख्या ४९ हजार ९ सय ५४ पुगेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

प्रकाशित मिति २०७७ असोज ७ गते बुधबार ०६:२०
हजुरको प्रतिक्रिया