२०८३ असोज २३ गते शुक्रबार

भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीप लामिछानेलाई कप्तान बनायौँः पारस खड्का

भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीप लामिछानेलाई कप्तान बनायौँः पारस खड्का

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २९ गते शुक्रबार ०३:२३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित बिदाई कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा...

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ ।

शुक्रवार काठमाडौंमा आयोजित बिदाई कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचनामा महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिए । जसअनुसार राष्ट्रिय टोलीको एकदिवसीय (ओडिआई) फम्र्याटको कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ । यसअघि रोहित पौडेलले टोलीको नेतृत्व गर्दै आएका थिए । सचिव खड्काले आधुनिक क्रिकेटको आवश्यकता, खेलाडीको कार्यभार र सन् २०२७ तथा २०२८ का विश्वकप लक्ष्यहरूलाई मध्यनजर गर्दै दुईवटा फम्र्याटका लागि छुट्टाछुट्टै कप्तान नियुक्त गर्ने निर्णय लिइएको प्रष्ट पारे ।

नेपाली टोलीको आगामी तालिकाबारे जानकारी दिँदै सचिव खड्काले टोली शुक्रवार नै भारत प्रस्थान गर्न लागेको बताए । भारतमा विशेष तयारी गरेपछि टोली उतैबाट सिधै मलेसिया जाने कार्यक्रम तय भएको छ । मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ, किनकि यो प्रतियोगिता एशिया कप छनोटको आधारसमेत हो ।

क्यानले अब केवल ‘म्यानेजमेण्ट’ मा मात्र सीमित नभई क्रिकेटको ‘डेभलपमेण्ट’ (विकास) मा केन्द्रित हुने योजना अघि सारेको छ । सचिव खड्काले क्रिकेट एक सामूहिक खेल भएको र यसमा कुनै एक व्यक्तिको भन्दा पनि सिङ्गो राष्ट्रको जीत महत्वपूर्ण हुने उल्लेख गरे । उनले राष्ट्रिय टोलीलाई सहयोग गर्ने सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक र सञ्चारकर्मीहरूप्रति आभार समेत व्यक्त गरे ।

नेपाली टोलीले एसीसी प्रिमियर कपका साथै आइसिसी विश्वकप लिग–२ का खेलहरू र अस्ट्रेलियामा हुने ‘ए’ टिमको भ्रमणलाई पनि प्राथमिकतामा राखेको छ । क्यानले आगामी दिनमा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउन सबै सरोकारवालाहरूबाट धैर्य र निरन्तर सहयोगको अपेक्षा गरेको छ ।

प्रकाशित मिति २०८३ साउन २९ गते शुक्रबार ०३:२३
हजुरको प्रतिक्रिया