२०८३ असोज २३ गते शुक्रबार

एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित

एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १५ गते सोमबार १२:४१

पोखरा । मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । कप्तान सन्दीप लामिछानेको ५ विकेटसहित नेपालले एसीसी प्रिमियर कपमा बहराइनलाई ७ विकेटले हराउँदै सानदार सुरुवात गरेको हो । बहराइनले दिएको ८८ रनको लक्ष्य...

पोखरा ।

मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ ।

कप्तान सन्दीप लामिछानेको ५ विकेटसहित नेपालले एसीसी प्रिमियर कपमा बहराइनलाई ७ विकेटले हराउँदै सानदार सुरुवात गरेको हो ।

बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालका अर्जुन कुमालले नटआउट ३६, रोहित पौडेलले नटआउट १९ रन बनाए ।

बहराइनका इमरान जावेद अनवरले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले ३६ ओभर २ बलमा सबै विकेट गुमाएर ८७ रन बनायो ।

बहराइनका फियाज अहमदले सबैभन्दा धेरै १५ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले ५, ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिए ।

एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । २ वटै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगितामा नेपालले दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ ।

समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ । सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एशिया कपमा स्थान बनाउनेछ । २०२७ को एसिया कपमा छनोट हुनका लागि नेपालले प्रतियोगिताको जित्नु पर्नेछ ।

प्रकाशित मिति २०८३ भदौ १५ गते सोमबार १२:४१
हजुरको प्रतिक्रिया