२०८३ असोज २३ गते शुक्रबार

पोखरामा ‘राइट टु प्रोटिन रन’ हुँदै, ४ हजारभन्दा बढी धावक सहभागी हुने

पोखरामा ‘राइट टु प्रोटिन रन’ हुँदै, ४ हजारभन्दा बढी धावक सहभागी हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ३० गते मंगलबार ०४:१५

पुरुष तथा महिलातर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर खुला दौड, महिला पाँच किलोमिटर खुला दौड, कक्षा १२ सम्मका युवा ५ किलो मिटर तथा महिलाका लागि तीन किलोमिटर र तीन किलोमिटर ह्विलचेयर दौड हुनेछ ।

पोखरा ।

प्रोटिनको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले पोखरामा आगामी शनिबार ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुने भएको छ ।

नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (एनएफआईए) को आयोजना तथा यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलको प्रमुख प्रायोजनमा हुने दौडमा नेपालसहित भारत, चीन, अमेरिका, डेनमार्क, केन्या, फ्रान्स, दक्षिण कोरिया, जर्मनी र इजरायलका धावक सहभागी हुने दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटले जानकारी दिए ।

दौडलाई स्वास्थ्य, पोषण, खेलकुद र पर्यटनसँग जोडिएको जनचेतनामूलक अभियानका रूपमा अघि बढाइएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न आठ विधामा गरी ४ हजार १०६ जना सहभागी हुनेछन् ।

पुरुष तथा महिलातर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर खुला दौड, महिला पाँच किलोमिटर खुला दौड, कक्षा १२ सम्मका युवा ५ किलो मिटर तथा महिलाका लागि तीन किलोमिटर र तीन किलोमिटर ह्विलचेयर दौड हुनेछ ।

दौड पोखराको बसुन्धरा पार्क, लेकसाइडबाट सुरु भएर विभिन्न स्थान हुँदै पुनः बसुन्धरा पार्कमै पुगेर सम्पन्न हुनेछ । सहभागीलाई टी–सर्ट तथा प्रोटिनयुक्त खाजा उपलब्ध गराइने कार्यक्रम संयोजक समेज राजभण्डारीले बताए ।

स्वास्थ्य सुरक्षाका लागि १० हाइड्रेसन स्टेसन, सात एम्बुलेन्स र आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ ।

हाफ म्याराथनका विजेतासहित प्रत्येक विधाका उत्कृष्ट पाँच धावकलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रम सम्पन्न गर्न १ करोड भन्दा बढी खर्च लाग्ने र पुरस्कारमा मात्रै १६ लाख खर्च रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८३ भदौ ३० गते मंगलबार ०४:१५
हजुरको प्रतिक्रिया