२०८३ साउन २१ गते बिहीबार

बतासमाथिकाे आक्रमण निजी क्षेत्रको मनोबल गिराउने काम-पोउवा संघ

बतासमाथिकाे आक्रमण निजी क्षेत्रको मनोबल गिराउने काम-पोउवा संघ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २९ गते बिहीबार १०:२१

पोखरा उद्योग वाणिज्य संघले आनन्द राज बतास समूहसँग जोडिएर विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नारायणहिटी दरबारमा...

पोखरा उद्योग वाणिज्य संघले आनन्द राज बतास समूहसँग जोडिएर विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नारायणहिटी दरबारमा रेष्टुराँ सञ्चालनदेखि अन्य विभिन्न स्थानमा गरिएका व्यवसायिक गतिविधीहरु राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकार भित्रै रहेर गरिएको घामजस्तै छर्लङग भएको समेत संघले जनाएको छ । राज्यले नै टेण्डर आह्वान गर्ने, सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पुरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप प्रत्यारोप लगाउँदै भाजो हाल्ने प्रवृति आफैमा विरोधापूर्ण र पूर्वग्राहीबाट प्रेरित भएको समेत संघको ठम्याई छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बतास व्यक्ति होइन, व्यवसायी हो । अहिले भएको प्रहार व्यवसायी माथिकै प्रहार हो । लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरुको मानमर्दन र चरित्र हत्या गर्ने प्रवृतिले लगानीको वातावरण बन्दैन भन्नेमा हामी सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहान्छौं ।’

प्रकाशित मिति २०७८ पुस २९ गते बिहीबार १०:२१
हजुरको प्रतिक्रिया