२०८३ साउन २१ गते बिहीबार

झरीले पोखरा अस्तव्यस्त, सडक जलमग्न

झरीले पोखरा अस्तव्यस्त, सडक जलमग्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ १२ गते आइतबार १०:२७

विगत २४ घण्टामा पोखरामा १ सय मिलिमिटर पानी परेको छ ।

पोखरा, १२ भदौ

मनसुन सक्रिय भएपछि गएराति देखि नै पोखरामा लगातार पानी परेको छ । बिहानतिर मध्यम वर्षा भएको पोखरामा  आज बिहान साढे ९ बजेपछि भारी वर्षा भएको छ । भरीका कारण पोखराका सडकहरु जलमग्न भएका छन् । गन्तव्यमा निस्केका सर्वसाधारणलाई झरीले सास्ती दिएको छ । विद्यालय र कार्यालस जाने सममयमा भारी वर्षा भएपनि विद्यार्थी, कर्मचारीलाई लगायत सबैलाई झरीले प्रभावित बनाएको छ । सडक जलमग्न हुँदा हिड्न समेत समस्या भएको छ । विगत २४ घण्टामा पोखरामा १ सय मिलिमिटर पानी परेको छ । लगातारको झरीले पोखराको सेती नदी लगायत खोलाहरुमा पानीको वहाव बढेको छ ।

गण्डकी सहित ५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम मौसम पूर्वानुमान महाशाखका अनुसार गण्डकीसहित ५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले सतर्क रहन पनि आग्रह गरेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ । देशै भरी सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना र बाँकी प्रदेशहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शाखदाले सतर्क रहन भनेको छ ।

 

आइतबारको मौसम

दिउँसो ः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति २०७९ भदौ १२ गते आइतबार १०:२७

हजुरको प्रतिक्रिया