२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : देशभर थप १९ काे मृत्यु, २ हजार ४ सय ४० जना संक्रमित

काेराेना अपडेट :  देशभर थप १९ काे मृत्यु, २ हजार ४ सय ४० जना संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २० गते मंगलबार ०५:३०

पोखरा । साेमबार नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट १९ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ५ महिला तथा १४ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप २ हजार ४ सय ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको...

नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ५ सय ५४ पुग्याे

पोखरा । साेमबार नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट १९ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ५ महिला तथा १४ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप २ हजार ४ सय ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा साेमबार मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप २ हजार ४ सय ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ भने नेपालमा कोरोनामुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या ६५ हजार २ सय २ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५ सय ५४ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज २० गते मंगलबार ०५:३०
हजुरको प्रतिक्रिया