प्रदेशमा २ को मृत्यु, ४ र १२ बर्षीय बालिकासमेत संक्रमित
पाेखरा । पोखरामा मंगलार थप २९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले साँझ ४ : ४५ बजे जारी गरेको विज्ञप्तीका अनुसार पोखराका २९ सहित गण्डकी प्रदेशका ७० जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।
मंगलबार संक्रमित हुनेहरुमा गोरखाकी ४ बर्षीय र पोखरा – १४ कि एक १२ बर्षीय बालिकासमेत छन । अन्य संक्रमितहरुमा पोखरा-२० र १७ का ६/६ जना, पोखरा-१० का ४ जना, पोखरा- ७, ९, १४ र १५ का २/२ जना, पोखरा-१,३, ८, २५ र २८ का एक/एक जना रहेको निर्देशनालयले जनाएको छ ।
यता, बर्दघाट सुस्तापूर्ब नवलपरासीमा मंगलबार १३ जनामा संक्रमण पुष्टि भएको छ । लमजुङ्मा १३ जना संक्रमित थपिएका छन । तनहुँमा थप ९ जना सक्रमित बनेका छन भने स्याङ्जामा १ जना, र गोरखामा ३ जना, पर्वतमा २ जना संक्रमित थपिएका छन ।
यस्तै, कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा मंगलबार थप २ जनाकाे निधन भएको छ ।
नवलपरासी (ब.सु.पू.) काे कावासोती-५ निवासी ७७ बर्षीय कोरोना संक्रमित महिलाको आज बिहान ०३:४५ बजे चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । पिसाब तथा स्वाशप्रस्वास सम्बन्धि उपचारका लागि अस्पताल पुगेकी उनलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै, निर्देशनालयद्धारा जारी विज्ञप्तीमा गोरखाकाे बारपाक सुलिकोट-६ निबासी ४५ बर्षीय कोरोना संक्रमित महिलाको बयोधा अस्पताल, काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको उल्लेख छ । मृतक किड्नी सम्बन्धि समस्यामा रहेकाे निर्देशनालयले जनाएको छ । |
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३०९ पुगेको छ ।




