२०८३ साउन २१ गते बिहीबार

पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २० गते मंगलबार ०५:३५

पोखरा । कोरोना भाइरसको संक्रमणका कारण देशभर पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५ सय...

थप १ हजार ५ सय ५१ जना संक्रमित

पोखरा । कोरोना भाइरसको संक्रमणका कारण देशभर पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यसँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

अहिले देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २०७७ असोज २० गते मंगलबार ०५:३५
हजुरको प्रतिक्रिया