२०८३ कात्तिक ११ गते मंगलबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०८:५०

आज देखि यहि मंसिर १२ गतेसम्म एक साता चल्ने क्यालिब्रेसन उडान बिहान १० देखि दिउँसो १ बजेसम्म विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको प्रक्रिया अन्तरगत आजदेखि यान्त्रिक उडान परीक्षण अर्थात् क्यालिब्रेसन उडान हुँदैछ ।

क्यालिब्रेसन उडानका लागि यान्त्रिक परीक्षण उडान गर्न एरो थाई कम्पनीको जहाज पोखरा आइसकेको छ । आज देखि यहि मंसिर १२ गतेसम्म एक साता चल्ने क्यालिब्रेसन उडान बिहान १० देखि दिउँसो १ बजेसम्म विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिने भएको छ ।

प्राधिकरणले आगामी पुस १७ गते देखि पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ । यान्त्रिक उडानका क्रममा पोखरा विमानस्थलमा हुने आन्तरिक उडान सामान्य प्रभावित हुने भएको छ ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०८:५०
हजुरको प्रतिक्रिया