२०८३ साउन २१ गते बिहीबार

को हुन् कास्की–२ मा हाबी हुने घन्टीका माधव कँडेल ?

को हुन् कास्की–२ मा हाबी हुने घन्टीका माधव कँडेल ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०२:२९

कडेंल नेपाली कांग्रेसको राजनीतिबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् ।

पोखरा

कास्की–२ मा सुरुवाती मरिणामबाटै राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कडेंलले अग्रता कायम राखेका छन् । एमालेको दबदबा र बलियो मानिएको वडा नम्बर १५ को मतगणना हुँदा सुरुदेखि नै कँडेलले अग्रता कायम राखेका हुन् । यो क्षेत्रमा मुख्य रुपमा एमालेकी विद्या भट्टराई र एकीकृत समाजवादीका श्रीनाथ बरालबीच प्रतिस्पर्धा हुने अनुमान धेरैको थियो । तर, देशभर घन्टीको लहर चलिरहेका बेला कँडेलले अग्रता लिएपछि उनको खोजि भइरहेको छ ।

एमाले नेता तथा पूर्व पर्यटन मन्त्री रवीन्द्र अधिकारीले ह्याट्रिक मारेको क्षेत्र पनि भएकाले यहाँ विद्याले नै अग्रता कायम गर्ने अनुमान स्वभाविकै हो । जहाँ रवीन्द्र अधिकारीको निधनपछि पत्नी विद्यालाई नै एमालेले उम्मेदवार बनाएको थियो । विद्याले कांग्रेसका पाका नेता खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले पराजित गरेकी थिइन् । २०७४ को निर्वाचनमा रवीन्द्रले सोही क्षेत्रमा कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले जितेका थिए ।

कडेंल नेपाली कांग्रेसको राजनीतिबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् । कडेंल रवी लामिछानले पार्टी दर्ता गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीको महामन्त्री बनेका थिए । कांग्रेस क्षेत्रीय प्रतिनिधि कडेंल १४ औं महाधिवेशनमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ को सहसचिवमा पराजित भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै गण्डकीको महामन्त्री बनेका कडेंलले कास्की–२ को प्रतिनिधि सभाको टिकट पाए र चुनावी अभियानमा होमिएका हुन् । उनले भोट ल्याउनुमा व्यक्तिगत सम्बन्ध र पेशा पनि हुन सक्ने नेताहरु बताउँछन् ।

पोखरा–३३ को एउटा निजी स्कुल र सरस्वती टीका माविमा कडेंलले १७ वर्षका पढाएका थिए । उनले विद्यार्थी र त्यस क्षेत्रका अभिभावकबाट पनि मत तान्ने बताउने गरेका थिए । उनी चाटर्ड लेखा परीक्षक पनि हुन् । २१ वर्षदेखि लेखा परीक्षणमा लागेका कडेंलले इमान्दार र वौद्धिक व्यक्तिको छवि बनाएका छन् ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०२:२९
हजुरको प्रतिक्रिया