२०८३ साउन २१ गते बिहीबार

पोखरामा पद्म नर्सिङ्हाेमका चिकित्सकसहित २४ संक्रमित थपिए

पोखरामा पद्म नर्सिङ्हाेमका चिकित्सकसहित २४ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २३ गते शुक्रबार १२:५८

पोखरा । शुक्रबार पोखराका २४ सहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार पाेखराकाे चरक हस्पिटलका ५ पुरुष र ४ महिलासहित ९ जना,  गण्डकी मेडिकल कलेज ‍(जिएमसी) का २ पुरुष तथा पद्म नर्सिङ् हाेमका ६२...

चरकमा ९ र जिएमसीमा २ संक्रमित

पोखरा । शुक्रबार पोखराका २४ सहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार पाेखराकाे चरक हस्पिटलका ५ पुरुष र ४ महिलासहित ९ जना,  गण्डकी मेडिकल कलेज ‍(जिएमसी) का २ पुरुष तथा पद्म नर्सिङ् हाेमका ६२ बर्षीय चिकित्सक लगायत पोखरामा २४ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखराका अन्य संक्रमितहरुमा  पोखरा २९ का ४ जना पुरुष, पोखरा ३२ का २ जना पुरुष, पोखराको ५, ८, ९, २७,३० र ३१ का एक एक जना रहेका छन ।

यस्तै, शुक्रबार तनहुँका ५ जना, लमजुङ्का ३ जना, बर्दघाट सुस्तापुर्व नवलपरासीका २ तथा गाेरखाका १ जना संक्रमित भएको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

याे संगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या ४५३३ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज २३ गते शुक्रबार १२:५८
हजुरको प्रतिक्रिया