२०८३ साउन २१ गते बिहीबार

मेला महोत्सवमय पोखरा

मेला महोत्सवमय पोखरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २२ गते बिहीबार ०४:२९

पुसमा पोखरामा सडक महोत्सव मात्रै हुनेछैन, अन्य महोत्सव पनि आयोजना गरिएको छ । व्यापार मेलादेखि साहित्यक मेलाले पोखरा महोत्सवमय हुनेछ । गएको सातादेखि नै पोखरा महोत्सवमय भएको छ । माघ पहिलो सातासम्म मेला महोत्सव चल्नेछन् । केही मेला महोत्सवको उद्घोष गरिएको छ त केहीको तयारी चल्दैछ ।

पोखरा

अंग्रेजी नयाँ बर्षमा आन्तरिक र बाह्य पर्यटकले पोखरालाई गन्तव्य बनाएर घुम्न आउछन् । अंग्रेजी नयाँ बर्षको बेला पोखरामा पर्यटक तान्ने ब्राण्ड लेकसाइडको सडक महोत्सव हो । सडक महोत्सवले केही दिन लेकसाइडलाई अतिथि सत्कारमा व्यस्त बनाउछ ।

पर्यटन व्यवसायीलाई राहत दिने अपेक्षा गरिएको सडक महोत्सवको २४ औं संस्करणको तयारी थालिएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव गर्दैछ । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ उद्घोषका साथ लेकसाइडको ३ किलोमिटर सडकमा हुने महोत्सवको विहिबार घोषण गरिएको हो । महोत्सवले खानाको स्वादसँगै कला, संस्कृती र मनोरञ्जनको ‘प्याकेज’ पस्कनेछ ।
रेवान पोखराका अध्यक्ष नरेश भट्टराईका अनुसार सडक महोत्सवले पोखराको पर्यटन प्रर्बद्धनमा सघाउनेछ । ‘कोरोना महामारीबाट सुस्ताएको पर्यटन विस्तारै लयमा फर्कन थालेको छ । मौसम खुलेको छ, हिमाल हाँसेको छ । पर्यटक लोभ्याउने यो मौसममा पर्यटनमैत्री वातावरण बनाउँदै महोत्सव गर्ने तयारीमा जुटेका छौं’, उनले भने । महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउने उनको दाबी छ ।

पुसमा पोखरामा सडक महोत्सव मात्रै हुनेछैन, अन्य महोत्सव पनि आयोजना गरिएको छ । व्यापार मेलादेखि साहित्यक मेलाले पोखरा महोत्सवमय हुनेछ । गएको सातादेखि नै पोखरा महोत्सवमय भएको छ । माघ पहिलो सातासम्म मेला महोत्सव चल्नेछन् । केही मेला महोत्सवको उद्घोष गरिएको छ त केहीको तयारी चल्दैछ ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा रष्ट्रिय औद्योगिक व्यापार मेला जारी छ । गत शुक्रबारदेखि सुरु भएको महोत्सव मंसिर २५ गतेसम्म चल्नेछ । मेलामा हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधिहरुको प्रदर्शनी तथा विक्रि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका गतिविधिको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु किनमेल चलिरहेको छ ।

औद्योगिक व्यापार मेला नसकिदै सातौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुनेछ । मंसिर २४ र २५ गते रातोपैरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा महोत्सव हुन लागेको हो । दुई दिने महोत्सवमा पर्वतीय वातावरण, जैविक विधिता, प्राकृतिक स्रोतको बारेमा चर्चा हुनेछ ।

पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण महोत्सवले गर्ने आयोजक समितिका संयोजक ठाकुरराज पाण्डेले बताए । ‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा विज्ञहरुको उपस्थितिमा बृहत छलफल हुनेछ,’ उनले भने, ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न सघाउने विश्वास लिएका छौं ।’

साहित्यप्रेमीले प्रतिक्षा गरिरहेको नेपाल लिटरेचर फेस्टिबल पुस पहिलो साता हुनेछ । नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण आगामि पुस ६ देखि १० गतेसम्म गर्ने तयारी छ । फेस्टिभलका वक्ताहरुलाई निम्तो दिँदै तयारी गरिएको छ । सुरुआतदेखि चौंथो संस्करणसम्म काठमाडौंमा भएको फेस्बिटल त्यसपछि पोखरामा आयोजना गर्न थालिएको हो ।

पर्यटनसँगै पोखरालाई मेला महोत्सवले पनि चिनाएको छ । ‘महोत्सवको पनि महोत्सव’ ब्राण्ड बनाएको लेखनाथ महोत्सव आगामि पुस ७ देखि १८ गतेसम्म तालचोकमा हुँदैछ । सुन्तला प्रदर्शनीबाट सुरु भएको लेखनाथ महोत्सवको १८ औं संस्करणको तयारीमा आयोजक लेखनाथ उद्योग वाणिज्य संघ जुुटेको छ । २०५८ सालदेखि तीन बर्ष लेखनाथमा सुन्तला प्रदर्शनी भयो । २०६१ सालदेखि सुरु भएको महोत्सवको प्रचारप्रसार आन्तरिक तयारी भईरहेको छ ।

पोखराको अमरसिंह चौरमा पुसको २७ देखि माघको ९ गतेसम्म पोखरा महोत्सव हुदैँछ । युनाइटेड क्लबले आयोजना गरेको ११ औं संस्करणको पोखरा महोत्सवमा ६० प्रतिशत स्टल बुकिङ भएको जनाइएको छ । महोत्सवले ग्रामिण पर्यटनको प्रबद्र्धनलाई प्राथमिकतामा राखेको छ । व्यपार व्यवसायसँगै मनोरञ्जनलाई पनि महोत्सवले प्राथमिकता दिइरहेका छन् ।

प्रकाशित मिति २०७९ मंसिर २२ गते बिहीबार ०४:२९
हजुरको प्रतिक्रिया