२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : मंगलबार देशभर थप १८ काे ज्यान गयाे, ३ हजार ५ सय ५६ नयाँ संक्रमित थपिए

काेराेना अपडेट : मंगलबार देशभर थप १८ काे ज्यान गयाे, ३ हजार ५ सय ५६ नयाँ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २७ गते मंगलबार ०४:५१

पाेखरा । मंगलबार देशभर कोरोनाका ३ हजार ५ सय ५६ नयाँ संक्रमित थपिएका छन् । मंगलबार थपिएका संक्रमितसहित देशमा संक्रमित हुनेको कुल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुग्याे

पाेखरा । मंगलबार देशभर कोरोनाका ३ हजार ५ सय ५६ नयाँ संक्रमित थपिएका छन् । मंगलबार थपिएका संक्रमितसहित देशमा संक्रमित हुनेको कुल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर थप १८ जनाकाे निधन भएकाे छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ। मंगलबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यस्तै, मंगलबार कोरोनाबाट १ हजार ५०३ निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।

प्रकाशित मिति २०७७ असोज २७ गते मंगलबार ०४:५१
हजुरको प्रतिक्रिया