२०८३ कात्तिक १० गते सोमबार

बुधबार देशभर थप १२ काे ज्यान गयो, २ हजार ६ सय ३८ संक्रमित थपिए

बुधबार देशभर थप १२ काे ज्यान गयो, २ हजार ६ सय ३८ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २८ गते बुधबार ०५:०९

पोखरा । बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६७५ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

नेपालमा १ लाख १७ हजार ९९६ जना संक्रमित बने

पोखरा । बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६७५ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २१७४ जना कोेरोना निको भएको जानकारी दिए ।

पछिल्लाे २४ घण्टामा देशभर थप २ हजार ६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संगै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ ।

हालसम्म निको हुनेको कुल संख्या ८१ हजार नजिक पुगेको छ । गौतमका अनुसार आजसम्म ८० हजार ९४५ जना कोरोना निको भएका छन् ।

यस्तै बितेको २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर भएको छ ।

प्रकाशित मिति २०७७ असोज २८ गते बुधबार ०५:०९
हजुरको प्रतिक्रिया