२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : गण्डकी प्रदेशमा बिहिबार थप १ जनाकाे मृत्यु, ११७ जनामा काेराेना संक्रमण पुष्टि

काेराेना अपडेट : गण्डकी प्रदेशमा बिहिबार थप १ जनाकाे मृत्यु, ११७ जनामा काेराेना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २९ गते बिहीबार ०४:३४

पाेखरा । पाेखरामा काेराेना भाइरसकाे संक्रमणका कारण बिहिबार थप १ जनाकाे ज्यान गएकाे छ भने थप ३५ जना संक्रमित बनेका छन । पाेखराका ३५ जनासहित गण्डकी प्रदेशमा बिहिबार थप ११७ जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले...

प्रदेशमा मृत्यु हुनेको संख्या ४७ पुग्याे, ५३०४ कुल संक्रमित

पाेखरा । पाेखरामा काेराेना भाइरसकाे संक्रमणका कारण बिहिबार थप १ जनाकाे ज्यान गएकाे छ भने थप ३५ जना संक्रमित बनेका छन । पाेखराका ३५ जनासहित गण्डकी प्रदेशमा बिहिबार थप ११७ जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

तनहुँ जिल्ला, ब्यास नगरपालिका वडा नम्बर ३ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको २८ गते राति ११: ५० मा  मृत्यु हाे । गण्डकी मेडिकल कलेजको भेन्टिलेटरमा उपाचरत उनमा कोरोनाको संक्रमणका साथै मधुमेह र उच्च रक्तचापको समस्या रहेको निर्देशनालयले उल्लेख गरेकाे छ ।  यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

यता, बिहिबार पाेखराका थप ३५ जना नयाँ संक्रमित भेटिँदा बाग्लुङमा ५१ जना, तनहुँमा ११ जना, गाेरखाका ७ जना, नवलपरासीका ६ जना, लमजुङका ३ जना, म्याग्दीका ४ जना संक्रमित थपिएकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

याे संगै गण्डकी प्रदेशमा काेराेना भाइरसका कुल संक्रमित संख्या ५३०४ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ असोज २९ गते बिहीबार ०४:३४
हजुरको प्रतिक्रिया