२०८३ साउन २१ गते बिहीबार

बेलायत साउथ वार्कका मेयर चाेपराले पोखरा–१३ मा भनेः पाेखरा देख्दा राेमाञ्चित भएँ

बेलायत साउथ वार्कका मेयर चाेपराले पोखरा–१३ मा भनेः पाेखरा देख्दा राेमाञ्चित भएँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ४ गते बुधबार ०७:२४

पोखरा घुम्न आएका मेयर चोपराले विभिन्न पर्यटकीय ठाउँको भ्रमण गरिरहेका छन्

पोखरा
संयुक्त अधिराज्य (बेलायत)को साउथ वार्कका मेयर सुनील चोपरालाई पोखरा महानगरपालिका वडा १३ का जनप्रतिनिधिले स्वागत गरेका छन् । चोपरालाई पोखरा–१३ का वडाध्यक्ष किरण बरालले स्वागत गरेका हुन् ।

दुई जनप्रतिनिधिबीचको भेटघाटमा उनीहरुले अनुभव आदान–प्रदान तथा विकासका कामबारे कुराकानी गरेका थिए । मेयर चोपराले पोखराको सुन्दरताले आफूलाई मोहित बनाएको योजनावद्ध विकास गर्ने हो भने यो सहर विश्वकै सुन्दर बन्ने बताए । उनले पाेखरा देखेर राेमाञ्चित भएकाे पनि बताए ।

वडाध्यक्ष बरालले महानगर तथा वडाले प्राथमिकताका साथ गरिरहेको कामबारे जानकारी गराएका थिए ।

उनीहरु दुई स्थानीय तहबीच सम्बन्ध जोड्ने विषयमा पनि छलफल भएको छ । चोपराले आपसी भाइचारा कायम गर्न र यहाँको विकासमा सहयोग गर्न तयार रहेको बताएका थिए ।

पोखरा घुम्न आएका मेयर चोपराले विभिन्न पर्यटकीय ठाउँको भ्रमण गरिरहेका छन् । चोपराले बिहीबार बेलायका राजकुमार चाल्र्स हिँडेको पोखरा–२६ को रुटमा पदयात्राका लागि जाँदैछन् ।

प्रकाशित मिति २०७९ माघ ४ गते बुधबार ०७:२४
हजुरको प्रतिक्रिया