२०८३ साउन २१ गते बिहीबार

पछिल्लाे २४ घण्टामा देशभर थप २१ जनाकाे ज्यान गयाे, ३६३७ संक्रमित थपिए

पछिल्लाे २४ घण्टामा देशभर थप २१ जनाकाे ज्यान गयाे, ३६३७ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ६ गते बिहीबार ०४:४३

पाेखरा । देशभर पछिल्लाे २४ घण्टामा थप २१ जनाकाे ज्यान गएकाे छ । याे संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । पछिल्लाे २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीसहित हालसम्म संक्रमित हुनेको संख्या...

कोरोनाबाट निको हुनेको संख्या एक लाख नाघ्यो

पाेखरा । देशभर पछिल्लाे २४ घण्टामा थप २१ जनाकाे ज्यान गएकाे छ । याे संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । पछिल्लाे २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २१ काे ज्यान गएकाे र साे संख्याका संक्रमित थपिएका हुन् ।

यस्तै, नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको हो।

आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ।

प्रकाशित मिति २०७७ कात्तिक ६ गते बिहीबार ०४:४३
हजुरको प्रतिक्रिया