२०८३ साउन २१ गते बिहीबार

सँधै जवान देखिन चाहनु हुन्छ ? यसो गर्नुहोस् …

सँधै जवान देखिन चाहनु हुन्छ ? यसो गर्नुहोस् …

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ११ गते मंगलबार १२:५०

सधै जवान देखिने अधिकांशको चाहना हुने गर्दछ ।  तर मानिसको बढ्दो उमरेसंगै अनुहार पनि परिवर्तन हुदै जान्छ । तर अब चिन्ता नलिनुहोस्, तपाइ यी उपाय अपनाएर कयौं वर्षसम्म जवान रहन सक्नुहुन्छ । १. सधैं पर्याप्त पानी पिउँदा फिट रहन सकिन्छ...

सधै जवान देखिने अधिकांशको चाहना हुने गर्दछ ।  तर मानिसको बढ्दो उमरेसंगै अनुहार पनि परिवर्तन हुदै जान्छ । तर अब चिन्ता नलिनुहोस्, तपाइ यी उपाय अपनाएर कयौं वर्षसम्म जवान रहन सक्नुहुन्छ ।

१. सधैं पर्याप्त पानी पिउँदा फिट रहन सकिन्छ । जवान रहनका लागि दिनमा ८ देखि १२ गिलास पानी अवश्य पिउनुहोस् ।

२. मानिसले परिश्रम गर्दा शरीर स्वस्थ रहने मान्यता छ तर तपाई दैनिक जसो प्रत्येक घण्टा काम गर्दा पनि शरीरलाई घाटा हुने गर्छ । तपाइले शरीर फिट राख्नका लागि दिनमा ३० देखि ४५ मिनेट काम भन्दा बाहिर रहेर बस्नु राम्रो मानिन्छ ।

३. तपाइ प्रत्येक दिन दौडिन सक्नुहुन्छ तर सहि तरिकाले मात्र । भन्न खोजेको प्रत्येक दिन धेरै बाहिर दगुर्नु भन्दा पनि आफ्नै बगैचा अथवा घर वरीपरी दौड्दा तपाई फिट रहन सक्नुहुन्छ ।

४. प्राय जसो मानिसले उमेरलाई दोष दिएर फिट रहनबाट बञ्चित हुने गर्दछन् । तर मानिस ६०-७० वर्षको उमेरमा पनि फिट रहन सक्छ । आफुलाई सधै जवान सम्झिदा पनि फिट हुन सक्ने मनोबेज्ञानिकहरु बताउँछन् ।

५. आजभोली कम चिल्लो खाना फेसन जस्तै भएको छ । मानिसहरु कम चिल्लो खाना खाँदा स्वस्थ्य भइन्छ भन्ने मानसिकतामा छन् । तर कम चिल्लो खाना खाँदा हाम्रो शरीरलाई घाटा हुने गर्दछ । अथवा खानामा चाहिने जति चिल्लो राखेर खाँदा तपाईको जवानीलाई बचाइराख्न ठुलो मद्दत हुने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति २०७७ कात्तिक ११ गते मंगलबार १२:५०
हजुरको प्रतिक्रिया