मुसा, साङ्ला, झिंगा, उडुस आदिको कारणले गर्दा चिन्तित हुनुहुन्छ भने आज हामी तपाइंलाई यसबाट छुटकारा पाउने घरेलु उपायको बारेमा जानकारी दिंदैछौं । यो तरिका निकै नै सजिलो छ ।
मुसा: मुसालाई पुदिनाको गन्ध मनपर्दैन । यदि तपाई मुसाले गर्दा दिक्क हुनुभएको छ भने, कपासको सानो टुक्रामा पुदिना हालेर मुसा आउने सम्भावित ठाउँमा राख्नुहोस् । यसको गन्धले मुसालाई श्वास फेर्नमा गाह्रो हुन्छ । जस्ले गर्दा मुसा मर्छ ।
साङ्ला: मरिच, प्याज र लसुनलाई पिसेर पानीसँग मिसाएर मिश्रण बनाउनुहोस् । यस मिश्रणलाई साङ्ला आउने ठाउँमा छर्किनुहोस् । यसको गन्धलाई सहन नसकि साङ्ला भाग्छ ।
झिंगा: झिंगाबाट छुट्कारा पाउनको लागि घरलाई सफा राख्न जरुरी छ । यसका साथै ढोका सधैं बन्द गनुपर्ने हुन्छ । यसो गर्नाले पनि झिंगा आउने समस्या हुन्छ भने, कपासलाई धेरै गन्ध आउने तेलमा डुबाएर ढोकासँगै राख्नुहोस् । तेलको गन्धले गर्दा झिंगाहरु बाहिर जाने गर्छन् ।
उडुस: प्याजको रस उडुसलाई मार्नको लागि राम्रो औषधि हो । यसको गन्धले उडुसलाई श्वास फेर्नमा कठिनाई हुन्छ जस्ले गर्दा उडुस तुरुन्तै मर्छ ।
माउसुली: माउसुलीलाई घरबाट भगाउने यो निकै नै राम्रो तरिका हो । ५/६ मयुरको प्वाँखलाई भित्तामा टाँस्नाले केही दिनमै माउसुली गायब हुन्छ । मयुरले माउसुलीलाई खान्छ । यसै कारणले गर्दा माउसुली मयुरको प्वाँख देख्ने बितिक्कै भाग्ने हुन्छ । यदि मयुरको प्वाँख पाउन सक्नुहुन्न भने, अन्य चराको प्वाँखलाई पनि प्रयोग गर्न सक्नु हुन्छ ।
प्रकाशित मिति २०७७ कात्तिक ११ गते मंगलबार ११:०९




