२०८३ साउन २१ गते बिहीबार

पोखराका १५ परियोजनामा एसियाली विकास बैैंकले सहयोग गर्ने

पोखराका १५ परियोजनामा एसियाली विकास बैैंकले सहयोग गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २७ गते शनिबार ०७:०७

करिब ५ देखि ८ अर्बसम्म लगानी हुने महानगरको अनुमान रहेको छ । यी परियोजनामा महानगरले पनि १० प्रतिशत लगानी गर्नेछ ।

पोखरा

पर्यटकीय सहर पोखराको दिगो पर्यटन विकासका लागि एसियाली विकास बैंक (एडिबी)ले सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिकाका १५ परियोजनामा महानगर र एडिबीबीच सम्झौता भएको छ । शुक्रबार भएको सम्झौता अनुसार पोखराको पर्यटन विकासलाई दिगो बनाउनका लागि परियोजना कार्यान्वयन गर्न एडिबीले आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउनेछ ।

एडिबीले फिर्केखोला करिडोर प्रोजेक्ट, केआइ सिंह पुलको सेती गल्छी, सेती नदीमा बोटानिकल गार्डेन, पञ्चासेमा इको डेभलपमेन्ट, सराङकोट एड्भेन्चर हिल, पोखरा प्रवेशस्थलमा पार्क, लेकसाइड र मुख्य सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन लगायतका परियोजनामा एडिबीले सहयोग गर्ने महानगरपालिकाले बताएको छ । सम्झौता भए अनुसार विन्ध्यवासिनी क्षेत्रको सडक विकास, विद्युतीय गाडीका लागि पूर्वाधार, विमानस्थल–फेवाताल द्रुतमार्ग, पोखराको हरियाली, फेवातालवरिपरिको पर्यटन, तलहरुबीच साइकल ट्रयाक, रुपा र बेगनास ताल र फेवा र बेगनासको द्रुत कनेक्सनका क्षेत्र छन् ।

३ वर्षभित्र सकिने गरी अर्बौं लागतमा परियोजना कार्यान्वयनका लागि सम्झौता भएको मेयर धनराज आचार्यले जानकारी दिए । परियोजना कार्यान्वयनले पोखराको पर्यटनमा नयाँ आयाम थपिने उनको भनाइ । यी परियोजना कार्यान्वयनका लागि महानगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ । करिब ५ देखि ८ अर्बसम्म लगानी हुने महानगरको अनुमान रहेको छ । यी परियोजनामा महानगरले पनि १० प्रतिशत लगानी गर्नेछ ।

 

 

प्रकाशित मिति २०७९ फागुन २७ गते शनिबार ०७:०७
हजुरको प्रतिक्रिया