२०८३ साउन २१ गते बिहीबार

खुमैडाँडाबाट नियाल्दा… (फोटो फिचर)

खुमैडाँडाबाट नियाल्दा… (फोटो फिचर)

विनोेद ढुंगाना

@Public 4K Tv

२०७९ चैत १२ गते आइतबार ०१:२१

खुमैडाँडाबाट २ घण्टा अक्करे भिरको बाटो छिचोलेर कोर्चाङ पुगेपछि माछापुच्छ्रे हिमालको झनै समीप पुगिन्छ ।

पोखरा

काठमाडौंकी सरस्वती अधिकारी खुमैडाँडामा पुग्दा स्वर्गको टुक्रमा पुगेजस्तै अनुभूति गरिन । सरिपाखादेखि झण्डै ९ घण्टा उकालो चढेर खुमैडाँडामा पाइला टेक्दा उनको थकान सबै गायब भयो ।

‘एकदमै उकालो । असिनापानी । यात्राचाँहि एकदम कठिन थियो । जेहोस् यहाँ आइसकेपछि एकदम रमाइलो… । स्वर्गको टुक्रामा जस्तो फिल भयो’, उनले अनुभूति साटिन ।

माछापुच्छ्रे हिमालमा हिउँको लाली चढ्दो छ । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । पर्यटकको संख्या बढ्दा खुमैडाँडाका ३ होटल सञ्चालकलाई भ्याइनभ्याइ छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित गन्तव्य खुमैडाँडा माछापुच्छ्रे हिमालको काखमा सुन्दरताको पंखा फिँजाइरहेको छ । समुन्द्री सतहबाट ३२४५ मिटरको उचाइमा खुमैडाँडाबाट २ घण्टा अक्करे भिरको बाटो छिचोलेर कोर्चाङ पुगेपछि माछापुच्छ्रे हिमालको झनै समीप पुगिन्छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा ग्रेट माछापुच्छ्रे ट्रेल अन्र्तगतको सरीपाखा–खुमैडाँडा पदयात्रा पोखराबाट २ दिनमै सकिन्छ । पोखराको हेम्जादेखि सरिपाखासम्म १३.३ किलोमिटर मोटर यात्रामा पुगिन्छ ।

सरिपाखादेखि खुमैडाँडासम्म जंगलै जंगलको यात्रा गर्नुपर्छ । सरिपाखादेखि खुमैडाँडा पुग्न कम्तिमा ५ र बढीमा १० घण्टा समय लाग्छ ।  जंगलमा फुलेका लालीगुराँस, चराचुरुङ्गीको चिरबिराहटले उकालो यात्राको थकान भुलाइदिन्छ ।

छोटो र रोमाञ्चक भएकै कारण पर्यटकको रोजाइमा खुमैडाँडा परेको होटल व्यवसायी सुरेश सुनाम बताउँछन् । ‘ठाउँ निकै राम्रो छ । फेसबुक र टिकटकबाट अत्याधिक चर्चामा आयो । धेरै नै भाइरल भयो’, उनले भने, ‘छोटो ट्रेक पनि भयो बाटो पनि राम्रो छ । सर्ट ट्रेक भाको भएर यो ठाउँ पर्यटकले अत्याधिक मन पराए ।’

 

 

 

प्रकाशित मिति २०७९ चैत १२ गते आइतबार ०१:२१
हजुरको प्रतिक्रिया