२०८३ साउन २१ गते बिहीबार

बन्दीपुरमा वैशाख १ गते पहिलो पर्यटकले १ रुपैयाँमै बस्न पाउने

बन्दीपुरमा वैशाख १ गते पहिलो पर्यटकले १ रुपैयाँमै बस्न पाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २२ गते बुधबार ०६:०९

नेपाली नयाँ वर्षमा बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न वैशाख १ गते बास बस्न पुग्ने पहिलो व्यक्तिलाई १ रुपैयाँमै कोठा उपलब्ध गराइने भएको हो ।

पोखरा

नयाँ वर्षका अवसरमा तनहुँको बन्दीपुरका होटलमा पहिलो पाहुनाले १ रुपैयाँमै बस्न पाउने भएका छन् । नेपाली नयाँ वर्षमा बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न वैशाख १ गते बास बस्न पुग्ने पहिलो व्यक्तिलाई १ रुपैयाँमै कोठा उपलब्ध गराइने भएको हो ।

कोरोना माहामारीपछि सुस्ताएको बन्दीपुरमा पर्यटकका निम्ति विभिन्न कार्यक्रमको पनि आयोजना गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । प्रधानका अनुसार बन्दीपुरमा दर्ता भएका करिब ७० होटल छन् । कोरोना माहामारीपछि बन्दीपुरका होटल सुनसान जस्तै बन्न पुगेको बताउँदै प्रधानले अहिले कार्यक्रम लिएर पुग्नेबाहेक नियमित आएर बास बस्नेहरु हेर्दा ५० देखि १ सय जनाको हाराहारीमा मात्र पर्यटक रहेको जानकारी दिए । बन्दीपुरले दर्ता भएका र नभएका गरी एकै पटक ३ हजार जना सम्मलाई बास दिन सक्ने प्रधानको भनाइ थियो ।

नयाँ वर्षका अवसरमा बन्दीपुरका ठाउँ ठाउँमा लाखे नाच, बाघ जात्रा, पुतली ट्रे, बिस्केट यात्रा, चुड्का, घाटु लगायत सांस्कृतिक तथा मौलिक कार्यक्रम राखिएको प्रधानले बताए । पाहुनाहरुलाई आकर्षित गर्न होटलहरुले आआफ्नो तरिकाले प्याकेजका कार्यक्रम पनि घोषणा गरिरहेका छन् ।

प्रकाशित मिति २०७९ चैत २२ गते बुधबार ०६:०९
हजुरको प्रतिक्रिया