२०८३ कात्तिक १० गते सोमबार

काेराेना अपडेट : पाेखराकाे स्थिति भयावह, एकैदिन २८० संक्रमित थपिए

काेराेना अपडेट : पाेखराकाे स्थिति भयावह, एकैदिन २८० संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १६ गते आइतबार ०८:१४

पाेखरा । पाेखरा महानगरपालिकामा काेराेना संक्रमणकाे स्थित अत्यन्त भयावह बनेकाे छ । प्रदेशमै सर्वाधिक धेरै संक्रमित कास्कीका छन र कास्कीमा पनि पाेखरा महानगरपालिका जाेखिमकाे भयावह स्थितिमा छ । अस्पतालहरूमा वेड छैन । संक्रमित उपचार...

रूपाका २ र मादीका १ सहित कास्कीमा २८३ संक्रमित थपिए

पाेखरा । पाेखरा महानगरपालिकामा काेराेना संक्रमणकाे स्थित अत्यन्त भयावह बनेकाे छ । प्रदेशमै सर्वाधिक धेरै संक्रमित कास्कीका छन र कास्कीमा पनि पाेखरा महानगरपालिका जाेखिमकाे भयावह स्थितिमा छ । अस्पतालहरूमा वेड छैन । संक्रमित उपचार र वेड नपाएर घरमै मर्नुपर्ने भयावह स्थिति श्रृजना भएकाे छ । काेराेनाका संक्रमितले बेड नपाउने अवस्था एउटा हाे भने प्रदेशकाे राजधानी पाेखरामा अन्य राेगका विरामीहरूले समेत उपचार नपाउने हाे कि भन्ने अन्याैलपूर्ण स्थिति उत्पन्न भएकाे छ ।

आइतबार मात्र पाेखरामा हालसम्मकै सर्वाधिक धेरै २८० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । रूपा गाउँपालिकाका २ जना र मादी गाउँपालिकाका १ जना संक्रमित सहित कास्कीमा २८३ जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

यस्तै, पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा कुल १२३० जनाकाे पिसिआर परिक्षण भएकाे छ । जसमा ४२४ जना संक्रमित थपिएका छन । काेराेनाकै कारण थप ५ जनाकाे ज्यान गएकाे छ भने ११४ जना उपचारपछि निकाे भएर घर फर्किएका छन ।

पछिल्ला केहि दिनकाे आँकडालाइ हेर्ने हाे भने पाेखरा र समग्र प्रदेशकै स्थिति भयावह बन्दै गएकाे अनुमान गर्न सकिन्छ । म्याग्दी र पर्वतमा अत्यावश्यक बाहेकका अन्य सेवा ठप्प रहेकाे अवस्था छ भने प्रदेशका तनहुँ नवलपरासी र कास्कीमा संक्रमित थपिने दर अनुमान गरेभन्दा धेरै हुँदै गएकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक १६ गते आइतबार ०८:१४

हजुरको प्रतिक्रिया