२०८३ साउन २१ गते बिहीबार

ढल्याे गण्डकी सरकार

ढल्याे गण्डकी सरकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ९ गते शनिबार १०:४१

शनिबार प्रदेश सभामा मागेको विश्वासको मतमा उनले २४ मतमात्रै पाएका हुन् । अधिकारीले संसदमा विश्वासको मत गुमाएसँगै स्वतः मुख्यमन्त्री पद पनि गुमाएका छन् । मुख्यमन्त्री अधिकारीको पक्षमा २४ मत खस्दा विपक्षमा ३५ मत खसेको थियो ।

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री नेकपा एमालेका खगराज अधिकारीले संसदबाट विश्वासको मत गुमाएका छन् । शनिबार प्रदेश सभामा मागेको विश्वासको मतमा उनले २३ मतमात्रै पाएका हुन् ।

अधिकारीले संसदमा विश्वासको मत गुमाएसँगै स्वतः मुख्यमन्त्री पद पनि गुमाएका छन् ।

मुख्यमन्त्री अधिकारीको पक्षमा २४ मत खस्दा विपक्षमा ३५ मत खसेको थियो ।

५९ जना सहभागी संसद अधिवेशनमा अधिकारीलाई नेकपा एमालेका २२, राप्रपाका २ जना  गरी २३ जना सांसदले विश्वासको मत दिएका थिए ।

माओवादी केन्द्र ७, नेपाली कांग्रेसका २७ सांसद र मनाङबाट स्वतन्त्र चुनाव जितेर हाल एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३५ सांसदले विपक्षमा मतदान गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमत पु¥याउन ३१ मत ल्याउनुपर्ने हुन्छ । सत्ता सारथि नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता भएको थियो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मत पाएका थिए ।

नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा पुस २५ गते नेकपा एमालेका खगराज अधिकारीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।

प्रकाशित मिति २०८० वैशाख ९ गते शनिबार १०:४१
हजुरको प्रतिक्रिया