२०८३ साउन २१ गते बिहीबार

साेमबार थप भएका ७० संक्रमित सहित कास्कीमा हालसम्म २ हजार ७२२ जनामा काेराेना पुष्टि

साेमबार थप भएका ७० संक्रमित सहित कास्कीमा हालसम्म २ हजार ७२२ जनामा काेराेना पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १७ गते सोमबार ०५:५०

पाेखरा । साेमबार पाेखरा महानगरपालिकामा ६९ जना काेराेना भाइरसका नयाँ संक्रमित थपिएका छन । कास्कीकाे अन्नपूर्ण गाउँपालिकाका १ जना समेत साेमबार कास्कीमा थप ७० जना काेभिड-१९ का नयाँ संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले...

७२७ निकाे भए, १९२१ सक्रिय संक्रमित

पाेखरा । साेमबार पाेखरा महानगरपालिकामा ६९ जना काेराेना भाइरसका नयाँ संक्रमित थपिएका छन । कास्कीकाे अन्नपूर्ण गाउँपालिकाका १ जना समेत साेमबार कास्कीमा थप ७० जना काेभिड-१९ का नयाँ संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

कास्कीमा हालसम्म कुल २७२२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाेमा ७७२ जना निकाे भएर घर फर्किएका छन । कास्कीमा हाल १९२१ जना सक्रिय सदस्य रहेका छन भने हालसम्म २९ जनाले काेराेनाकै कारण ज्यान गुमाएका छन ।

ताजा अपडेट अनुसार गण्डकी प्रदेशमा हाल ७ हजार ८६३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक १७ गते सोमबार ०५:५०
हजुरको प्रतिक्रिया