पोखरा
तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले झन्डै दोब्बर मतले अग्रता बढाएका छन् । हालसम्म १७ वडाको २३ हजार मतगणना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेले ११ हजार ६७७ मत पाएका छन् ।
नेपाली कांग्रेसको बर्चस्व रहेको भानु नगरपालिका र माओवादी केन्द्रको दबदबा रहेको आँबुखैरेनी गाउँपालिकामै स्वर्णिमलाई बढी मत खसेको हो ।
सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ७८७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सर्वेन्द्र खनाल निकै पछाडी छन् ।
उनले ३ हजार ८०२ मत पाएका छन् । तनहुँ १ मा ६३ हजार ७५७ मत खसेको हो ।
प्रकाशित मिति २०८० वैशाख ११ गते सोमबार १२:१४