२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीद्धारा नवौं पटक मन्त्रिपरिषद् विस्तार, गण्डकीका धनराज गुरुङ कानुन मन्त्री

प्रधानमन्त्रीद्धारा नवौं पटक मन्त्रिपरिषद् विस्तार, गण्डकीका धनराज गुरुङ कानुन मन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २० गते बुधबार ०५:२४

नेपाली कांग्रेसको तर्फबाट सरकारमा तीन जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्रीले आज बुधवार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

पोखरा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट सरकारमा तीन जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्रीले आज बुधवार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वाथ्य तथा जनसङ्ख्या र डिलबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन् ।

गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले अहिलेसम्म नवौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तर अहिलेसम्म पनि सरकारले पूर्णता पाएको छैन । अझै पनि खानेपानी मन्त्रालय मन्त्रिविहीन छ ।

प्रकाशित मिति २०८० वैशाख २० गते बुधबार ०५:२४
हजुरको प्रतिक्रिया