२०८३ कात्तिक १० गते सोमबार

कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्ण बहादुर महराकी पत्नीको निधन

कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्ण बहादुर महराकी पत्नीको  निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १९ गते बुधबार ०८:५७

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको काेराेनाका कारण निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो । गएको दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा...

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको काेराेनाका कारण निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

गएको दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेकाे र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभदेखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

प्रकाशित मिति २०७७ कात्तिक १९ गते बुधबार ०८:५७
हजुरको प्रतिक्रिया